×

Nepali Community

कांग्रेस प्रदेश २ अधिवेशनमा आठै पदाधिकारीमा देउवा पक्ष विजयी


काठमाडौं । पुष १० गते
जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचन भएका छन् । सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्।

विमलेन्द्र निधि–शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको जित भएको हो।जसको हालसम्मको मतगणना परिणामअनुसार शुक्रबार बिहानै निधि(कोइराला पक्षबाट सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले हराउँदै देउवा पक्षका कृष्ण यादव विजयी भइसकेका छन्।शुक्रबार राति १० बजे सम्पन्न मतगणनाको नतिजाअनुसार उपसभापतिदेखि सहमहान्त्रीसम्म सबै पदाधिकारीमा देउवा पक्षकै उम्मेदवार विजयी भएका हुन्।

​​जसनअनुसार प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्। त्यसैगरी महामन्त्रीमा उपेन्द्रकुमार यादव र वृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन्। सहमहामन्त्री खुलातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन्। यसैगरी सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादवको जित भएको छ।


More

View All

News

Health

Sports