×

Nepali Community

आज पुरुष टोलीले श्रीलंका र महिला टोलीले बंगलादेशको सामना गर्दै


काठमाडौं । पुष १० गते
आज पुरुष टोलीले श्रीलंका र महिला टोलीले बंगलादेशको सामना गर्दै छन् । एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत आज नेपाली पुरुष तथा महिला टोलीमा आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन । नेपाली महिला टोलीले आज सवा ९ बजे आयोजक बंगलादेशको सामना गर्नेछ।

पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा माल्दिभ्सलाई हराएको नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ।त्यस्तै पुरुष टोलीले आज श्रीलंकाको सामना गर्नेछ। पहिलो खेलमा बंगलादेशसँग पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा उज्बेकिस्तानलाई हराएको थियो। नेपाल र श्रीलंका साँझ पौने ६ बजे आमनेसामने हुनेछन्।


More

View All

News

Health

Sports