×

Nepali Community

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुष १० गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्ने रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज कतै घुम्न जाने योजना बन्नुका साथै प्राविधिक काममा सफलता मिल्ने रहेको छ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने रहेको छ भने व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनुका साथै आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनुका साथै कुनै कुराले मनमा शान्ति छाउने तथा गरेको कार्यबाट सफलता मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज भाग्यमा वृद्धि हुने र पारिवारिक सुखको रहेको छ भनेनयाँ र शुभ समाचार सुन्न पाइने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ने रहेको छ भने अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने तथा शत्रुपक्ष पनि हावी हुन सक्नेछन् ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ नयाँ कार्यको अवसर मिल्ने रहेको छ भने धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने तथा अनावश्यक खर्चबाट पनि बच्न सकिन्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सफल यात्रा हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाजुभाइ वा मित्रबाट विशेष सहयोग पनि मिल्न सक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपटकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज अकस्मात् सफलता पाइन ुका साथै अपमानको सम्भावना पनि रहने भने दैनिक कार्यहरूमा प्रगति हुने तथा शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सरुवा र बढुवाको योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्ने तथा रोकिएको धन पनि हातलागी हुनसक्छ ।

 


More

View All

News

Health

Sports