काठमाडौं । पुष ९ गते
आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको समग्र पक्षबारे छलफल गर्न माओवादीको स्थायी कमिटी बैठक बस्न लागेको हो ।
बैठकमा राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेजका सम्बन्धमा समेत छलफल हुने एक नेताले बताए । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ भने दुई साता यता आफ्नो प्रतिवेदन लेखिरहेका प्रचण्डले लेखन कार्यलाई पूर्णता दिइसकेका छन् ।