×

Nepali Community

कम उमेरका युवती बढी उमेरका पुरुषतर्फ आकर्षित हुन्छन्, किन ?


काठमाडौं । पुष ९ गते
महिला,पुरुष बिना सृष्टि अधुरो र अपुरो छ । दुबैको ताल मेलले नै सृष्टि चलेको कुरा कसैले नकार्न सक्दैनन् । नेपाली समाजमा पनि अक्सर श्रीमतिभन्दा श्रीमान्को उमेर बढी हुने गर्छ । कतिपय त दोब्बर उमेरका पनि हुन्छन् । युवतीहरु विन्दास एवं कम उमेरका केटासँग डेट गर्छन् । तर, विवाहका लागि भने आफुभन्दा बढी उमेरकै पुरुष खोज्छन् । यसमा उनीहरुको सामाजिक, आर्थिक सुरक्षा पनि गाँसिएर आउँछ ।

 

युवतीहरु अपरिपक्क युवासँग दाम्पत्य सम्बन्ध गाँस्न चाहँदैनन् । बरु आफुभन्दा निकै पाको उमेरकासँग उनीहरु राजी हुन्छन् । उस्तै उमेरका युवायुवतीले एक अर्कालाई मनपराउनु वा एक अर्काबीचमा आकर्षण हुनुलाई स्वभाविकै मानिन्छ । तर कहिले काँही उमेरमा ठूलो अन्तर भएका महिला पुरुषबीचमा पनि प्रेमसम्बध देख्न सकिन्छ । अझै विशेषगरी कार्यक्षेत्र वा कार्यालयमा युवतीहरु आफूभन्दा धेरै उमेरका पुरुषहरुतर्फ आकषिर्त भएको देख्न सकिन्छ । त्यसैले आजभोली यसलाई आश्चर्यजनक रुपमा हेरिँदैन ।

यसलाई सामान्य कुरा मान्न थालिएको छ । हाम्रै वरिपरि यस्ता धेरै उदाहरणहरु देख्न सकिन्छ जसमा जागिरे महिलाहरु आफ्नो कार्यालयका सिनियर वा हाकिमको प्रेमजालमा फसेका छन् ।कहिलेकाँही कुनै धेरै उमेरको व्यक्तिले आफ्नो प्रभाव, व्यक्तित्व वा रहनसहनले पनि युवतीहरुलाई प्रभावित बनाउने गर्छ । राजनीति र आर्थिक जगतमा जोडिएका हस्तीहरुको साथमा कम उमेरका युवतीहरु उनीहरुको मोहपासमा बाँधिएका देखिन्छन् । यस्ता सम्बन्धले सँधै बर्बाद नै गर्छन् भन्ने हुँदैन । कैयौपटक यस्तो सम्बन्ध सफल भएको पनि देखिएको छ । सबैभन्दा मुख्य कुरा आपसी सम्बन्ध र परिपक्वताको हो । जहाँ सुझबुझ, विवेक र धैर्यको आवश्यकता हुन्छ । यस्तो भएमा असम्भव भन्ने कुरा केही पनि छैन् ।

यस्ता सम्बन्धमा रहेका सबै युवतीहरुले उमेरदार पुरुषसँग टिकाउ र स्थायी सम्बन्ध बनाउन चाहेका छन् भन्ने छैन् । कैयौं युवतीहरुले यसै चक्करमा आफ्नो जीवन बर्बाद पनि गर्छन् । यस्तो सम्बन्ध काँचको महलको रुपमा छिटै ढल्छ । कुरा जब विवाहको हुन्छ तब यस्तो सम्बन्धको आधार कमजोर हुन्छ । तर, मानिसको मन पनि अचम्मको हुन्छ । कसैको मनमा कोही बस्यो भने त्यहाँ उमेरको सीमा र जन्मको बन्धनले केही अर्थ राख्दैन । धेरै उमेरको अन्तर भएको प्रेमसम्बन्ध त्यति टिकाउ नहुने भएकाले धेरैले यसलाई एकअर्काको कमजोरीलाई उपयोग गरेर आफ्नो फाइदा लिने हतियारको रुपमा पनि लिन्छन् ।

कैयौ पटक कम उमेरका युवतीहरु आफूभन्दा धेरै उमेरका व्यक्तिसँग आफूलाई सुरक्षित महसुस गर्छन् । यस्तो अक्सर त्यतिखेर हुन्छ जब कुनै युवती बचपन देखि नै एक्ली हुन्छन् । परिवारमा पिता वा भाई जस्ता पुरुषको संरक्षण नमिलेको कारण उनीहरुलाई अपमान वा दुव्र्यवहारको सामना गर्नुपरेको हुन्छ । यस्ता युवतीहरु सजिलै आफूभन्दा धेरै उमेरका व्यक्तिसँग आफूलाई सुरक्षित महसुस गर्छन् । कैयौंपटक युवतीहरुको यो संकेतको र बाध्यताको फाइदा पुरुषले उठाएको पनि देखिन्छ ।

परिस्थितीको कारण कार्यक्षेत्रको परिस्थितीले पनि कैयौं पटक यस्तो सम्बन्ध बनाउनमा महत्वपूर्ण भूमिका निभाउँछन् । कैयौं कार्यालयमा फिल्डवर्क हुन्छ । कामको क्रममा युवतीहरु कहिलेकाँही सिनियरहरुसँग कार्यालय बाहिर जानुपर्छ । अनुभव नभएका युवतीहरुलाई यसको फाइदा पुग्छ । विस्तारै विस्तारै युवतीहरु पुरुष सहकर्मीहरुका नजिक आउँछन् । कामको सिलसिलामा लगातार सँगै रहँदा कैयौं पटक मन पनि मिल्छ ।

पुरुषहरुले आफ्नो स्वार्थको लागि पनि कैयौंपटक कम उमेरका युवतीहरुलाई आफ्नो मोहजालमा फसाउँछन् । युवतीहरुले सहकर्मी भएको नाताले मात्रै पनि पुरुषहरुसँग वार्तालाप गर्छन् भने काममा केही मद्धत माग्छन् । यस्तैमास्वार्थी प्रवृत्तिका पुरुषले यसको गलत फाइदा उठाउने कोसिस गर्छन् र युवतीहरु उनीहरुको जालमा फस्न आइपुग्छन् ।

कैयौं पटक बाध्यताको कारण सँगै काम धेरै उमेरका सहकर्मीको नजिक आउनुपर्ने हुन्छ । यतिखेर मुख्य कारण बाध्यता हुन्छ सम्बन्धित पुरुषको उमेर होइन । आजभोली धेरै कार्यस्थलमा कामको चाप बढेको छ र समय कम हुन्छ । कम समयमा धेरै काम गर्ने लक्ष्य पुरा गर्नको लागि युवतीहरुले आफ्ना सहकर्मी पुरुषहरुको सहयोग लिन हिच्किचाउँदैनन । यो आवश्यक पनि हुन्छ तर मनलाई के गर्ने रु सहयोग लिँदालिँदा मन पनि एकअर्काको नजिक आउँछन् त्यतिखेर उमेरको बन्धनले कुनै अर्थ राख्दैन ।

प्रलोभन वा लालचको कारणले पनि युवतीहरु उमेर भएका पुरुषहरुको चंगुलमा फस्छन् । कैयौं युवतीहरु धेरै सौखिन र फेसनेबल हुन्छन् । उनीहरुको आवश्यकता धेरै हुन्छ तर आवश्यकता पुरा गर्ने साधन सिमित हुन्छ । यस्तो स्थितीमा यदि कुनै धेरै उमेरको व्यक्ति जो साधनसम्पन्न छन् र पैसाको कमी छैन भने यस्ता युवतीहरु र उनीहरु तर्फ आकषिर्त हुन्छन् । यस समयमा उनीहरुले पछिसम्मको परिणाम देख्दैनन् । तत्कालिक लाभ नै उनीहरुको लागि सर्वोपरि हुन्छ । कैयौं युवतीहरु करियरको मामिलामा सर्टकट अपनाउन चाहन्छन् र धेरै ठूलो छलांग लगाएर पदोन्नती प्राप्त गर्न चाहन्छन् । यही लोभमा उनीहरु हाकिमसँग हिमचिम बढाउँछन् र हाकिमका धेरै उमेरलाई ख्याल नै गर्दैनन् ।

कहिलेकाँही कुनै धेरै उमेरको व्यक्तिले आफ्नो प्रभाव, व्यक्तित्व वा रहनसहनले पनि युवतीहरुलाई प्रभावित बनाउने गर्छ । राजनीति र आर्थिक जगतमा जोडिएका हस्तीहरुको साथमा कम उमेरका युवतीहरु उनीहरुको मोहपासमा बाँधिएका देखिन्छन् । यस्ता सम्बन्धले सँधै बर्बाद नै गर्छन् भन्ने हुँदैन । कैयौपटक यस्तो सम्बन्ध सफल भएको पनि देखिएको छ । सबैभन्दा मुख्य कुरा आपसी सम्बन्ध र परिपक्वताको हो । जहाँ सुझबुझ, विवेक र धैर्यको आवश्यकता हुन्छ । यस्तो भएमा असम्भव भन्ने कुरा केही पनि छैन् ।


More

View All

News

Health

Sports