×

Nepali Community

कस्तो रहला आजको तपाईको दिन ? हेर्नुहोस् राशिफल


काठमाडौं । पुष ९ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज लाभदायक यात्रा हुने योग रहेको छ भने नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्ने तथा । शेयर बजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउने योग रहेको छ भने शुभ समाचार सुन्न पाइनुका साथै सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नुका साथै रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्ने तथा यात्राको योग पनि छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना रहेको छ भने सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने तथा मन प्रसन्न र खुसी पनि रहनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्ने योग रहेको छ भने कृषि कार्यबाट लाभ मिल्ने तथा आफन्त सँग भेट घाट पनि हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज यात्रा गर्दा सचेत हुनुपर्ने योग रहेको छ भने महत्त्वपूर्ण अवसर गुम्न सक्ने तथा झन्झटिलो काम आईपर्ला र नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते० नयाँ कामको थालनी हुनुका साथै इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने न्यायिक कार्यमा सफलता मिल्ने तथा शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने शत्रु र विपक्षी पराजित हुने तथा विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग पनि छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज विद्या र नयाँ ज्ञान बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुने योग रहेको छ भने भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको बढी ख्याल गर्नुहोला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा नयाँ कार्यको थालनी हुन सक्छ । मीन

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अग्रजको सहयोगले कार्य सम्पादन हुने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा परिवारमा सुख सन्तोष छाउनुका साथै कला र गलाको प्रभाव बढ्नेछ ।


More

View All

News

Health

Sports