×

Nepali Community

आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने माधव कुमारको जिकिर


काठमाडौं । पुष ८ गते
आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा रहेको एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले बताउनु भएको छ । आज समाजवादी प्रेस सगठन बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताउनु भएको छ ।

चुनावहरुको सिलसिला शुरु भएको र चुनावहरुमा आफुहरुले विजय प्राप्त गर्ने बताउनु भएको छ । एकिकृत समाजवादी पाटीका विभिन्न कामहरु व्यवस्थित हुदै पालिका, जिल्लाहरुमा कमिटी गठन गर्नै काम भैरहेको बताउनु भएको छ । नेता नेपालले एमसीसीको बारेमा छलफल भइरहेको बताउदै नेपाली जनताको विश्वास जित्न आफुहरुलागेको बताउनु भएको छ ।

नेतालाई मन परेको जनतालाई मन नपर्नै र जनतालाई मन नपरेको नेतालाइ मन नपर्ने कुरामा छलपल हुनुपर्ने आवश्यक रहेको जिकिर गर्नु भएको छ ।


More

View All

News

Health

Sports