×

Nepali Community

बंगलादेशमा आजबाट पुरुष तथा महिला भलिबल च्यालेन्ज कप सुरु हुँदै


काठमाडौं । पुष ८ गते
आजबाट बंगलादेशमा एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप सुरु हुँदैछ ।बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टोलीले आजै प्रतिस्पर्धा गर्दैछन् ।

नेपालको महिला टोलीले पहिलो खेलमा आज श्रीलंकाको सामना गर्नेछ । खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।उपाधि रक्षा अभियानमा रहेको नेपाल श्रीलंकालाई पराजित गर्दै सुखद सुरूवात गर्ने सोचमा हुनेछ। यस्तै पुरुष टोलीले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल साँझ पौने पाँच बजे सुरु हुनेछ ।नेपाली पुरुष टोली पनि जितका साथ प्रतियोगिताको सुरुवात गर्ने प्रयासमा छ ।


More

View All

News

Health

Sports