काठमाडौं । पुष ८ गते
यसका वारेमा घरि घरी परिभाषा दिनु राम्रो नहोला । दाम्पत्य जीवनलाई हरिलोभरिलो, सुखी र सुन्दर बनाउन सेक्सको महत्वपूर्ण भूमिका हुन्छ । सेक्स अर्थात् सम्भोग । सम्भोग अर्थात् समान सहकार्य, समान साथ र समान संलग्नतामा सम्पन्न हुने क्रिया । हाम्रोजस्तो पुरुषप्रधान समाजमा श्रीमान्हरू सेक्स भनेको केवल आफूले आनन्द लिने विषय ठान्छन् । उनीहरू बिर्सन्छन् कि श्रीमतीको पनि आनन्द लिने र सन्तुष्ट हुने अधिकार हुन्छ ।
भनिन्छ, सेक्स ९० प्रतिशत मानसिक र १० प्रतिशत शारीरिक प्रक्रिया हो । यो कला हो, अनुष्ठान हो । जिन्दगीका आधारभूत र प्रमुख रस तथा सुन्दरतामध्ये एक हो । अव हुँदाहुँदै सेक्स यो हो भनेर जानकारी दिने हो भने त झन तनावै होला । यसको मतलव सेक्स भन्ने कुरावाट सवै परिचीत छन । मानिस मात्रै होईन जनावर, पशुपक्षिं देखी सवै जसो । अव कुरा गरौं सेक्समा कसरी भरपुर चरम सुख लिने ।सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरकाबीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन ।
एकको आनन्द अर्कोलाई आनन्द देओस र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस । सेक्स विशेषज्ञका सल्लाह छ कि यदि तपाईं यौन सम्पर्कमा चरम सन्तुष्टि हासिल गर्न चाहनुहुन्छ भने यी चार तरिकाको अवलम्बन गर्नुपर्छ ।सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ ।एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ ।
सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ ।
सेक्समा आनन्द पाउनका लागि तपाईको पार्टनर मानसिक रुपमा तयार हुनु आवश्यक छ । जसका लागि सबैभन्दा पहिलो आफ्नो पार्टनरमा सेक्सको इच्छा जगाउनु जरुरी हुन्छ ।
यौन क्रियाका आनन्द लिनका लागि दुवै पार्टनरका इन्द्रियहरु सेक्स मै केन्द्रीत हुन जरुरी छ । मस्तिष्क सँगसँगै शरीरका हरेक अंग यौन उत्तेजनाअनुसार क्रियाशील हुन सक्नुपर्छ र सेक्सको आनन्द महसुस गर्नुपर्छ । यसले सेक्स क्रियामा गति ल्याउँदछ, उत्तेजना बढ्दै बढ्दैं चरमसुखमा पुग्दछ ।
जब तपाईको पार्टनर सहमति र समर्पण आवश्यक ठान्छ, त्यतिबेला उसका सामु आफूलाई पूर्ण रुपमा समर्पण गर्न सक्नुपर्दछ । यदि दुवै जना यौनक्रियालाई महत्व दिदैंन भने उनीहरुले चरमसुख प्राप्त गर्न सक्दैंनन् । यसका लागि यौन क्रियाका बेला विस्तारै फरक फरक आसन रहेर सेक्स क्रिया अगाडि बढाउनुपर्दछ । जब एक ड्राइभर हुन्छ, त्यतिबेला दोस्रो केवल दर्शक भएर उसमा समर्पित हुनु जरुरी हुन्छ ।
यौन क्रियाको समयमा यो जरुरी छ कि आफ्ना इच्छा, आकांक्षा र भावना तथा सुखको खुलेर आफ्नो साथीसँग बाड्नुपर्दछ । उदाहरणका लागि एकले अर्कोलाई उसलाई कहिले रमाइलो र आनन्द लागिररहेको छ कहिले अप्ठ्यारो लागिरहेको छ । कतिबेला सेक्सको रफ्तार बढाउने इच्छा लागिरहेको छ यस्तै९यस्तै । यसले दुवैलाई असिम आनन्द प्राप्त हुन्छ ।