×

Nepali Community

यस्ता छन् पुदिना खानुका फाईदाहरु


काठमाडौं । पुष ८ गते
पुदिना स्वास्थ्यका लागि निकै लाभदायक छ। यसलाई तरकारी ,अचार र बिभिन्न परिकार बनाएर खान सकिन्छ । यसको स्वाद निकै बासनादार हुन्छ । जति मिठो यसको स्वाद छ यो मानव स्वास्थ्यका लागि पनि निकै लाभदायक छ । यसको सेवनले मुख र सास स्वच्छ राख्न मद्दत गर्छ। यति मात्र होइन, यसको सेवनले विभिन्न स्वास्थ्य समस्याको सहज समाधान हुन सक्छ । पुदिना खानुका फाईदा बारे तल उल्लेख गरिएको छ ।

पुदिना खाए बान्ता रोक्न ठूलो सहयोग गर्छ। लामो यात्रामा निस्कँदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका वस्तु सुँघ्नाले ठीक हुन्छ । यति मात्रै होइन, पुदिनाको तेल, निधार, नाकमा लगाउनाले टाउको दुखाइ ठीक हुन्छ।

पुदिना भोक जगाउने वस्तु हो । तर, यसले पाचन प्रक्रियामा पनि सहयोग गर्छ । ग्यास्ट्रिकको समस्या भएकाहरूले पुदिनाको एक कप चिया खाँदा हल्का भएर आउँछ । यसमा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्दत गर्छ।

पुदिनाको बासनाले नाक, घाँटी, स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने गर्छ । यस्तै, पुदिनाको प्रयोगले श्वासप्रश्वासलाई सहज बनाउन मद्दत गर्छ । पुदिनाले श्वासप्रश्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका बिरामीलाई पुदिनाको सेवन गराउने चलन छ ।

महिलाको स्तनको निप्पल चर्कने, फुट्ने वा थुनेलो हुने समस्याको उपचारका लागि पनि यसको सेवन लाभकारी हुन्छ ।

नियमित रूपमा पुदिनाको रस प्रयोगले छाला सफा राख्न सहयोग गर्छ। यसले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी विमिरा, पिम्पल्स हटाउन सहयोग गर्ने गर्छ । यस्तै, छालाको एलर्जीको समस्या निराकरण गर्न पनि पुदिनाको सेवन राम्रो मानिन्छ।

यदि तपाईं आफ्नो तौल कम गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खानामा पुदिना राख्ने गर्नुहोस् । किनकि पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरू चाँडो निकाली छिटो पाचन गराउन मद्दत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्त्व तथा फ्याट संचित हुनुको सट्टा चाँडै नै शक्तिमा परिणत हुन्छ । यसले तपाईंको तौल ठीक राख्न मद्दत गर्छ ।

 


More

View All

News

Health

Sports