×

Nepali Community

आज यि तिन प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना


काठमाडौं । पुष ८ गते
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान पहाडी भूभागहरूमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । त्यस्तै आज दिउँसो पहाडी भभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राति देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।


More

View All

News

Health

Sports