×

Nepali Community

राष्ट्रियताबिना कुनै पनि समुदायको पहिचान र अस्तित्व नरहने लुम्बिनी प्रदेशका प्रमुख शेरचनको तर्क


काठमाडौं । पुष ८ गते
जुनसुकै समुदायको पहिचान पनि राष्ट्रियताका कारणले मात्र रहने लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको भनाई छ ।

धर्म, संस्कृति हाम्रो परम्परा संरक्षण, संवद्र्धन युवाको अभिभारा’को नारासहित थकाली युवा परिवार नेपालको आयोजनामा बुधबारदेखि पोखरामा सुरु भएको ‘प्रथम थकाली युवा राष्ट्रिय भेला’को उद्घाटन गर्दै उहाँले युवालाई राष्ट्र हितमा काम गर्न र सामाजिक उत्तरदायित्व बहन गर्नसमेत आग्रह गर्नु भएको छ ।

उहाँले राष्ट्रियताबिना कुनै पनि समुदायको पहिचान र अस्तित्व नरहने जिकिर गर्नु भएको छ ।पुस ११ गतेसम्म चल्ने भेलामा देशभरका १९ क्षेत्र र विदेशका तीन क्षेत्रगरी २२ क्षेत्रका युवाका सहभागिता रहेको थकाली राष्ट्रिय युवा समितिका तदर्थ समिति संयोजक योगेन्द्र शेरचनले जानकारी दिनु भएको छ ।


More

View All

News

Health

Sports