×

Nepali Community

आगामी पुस १० गते कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै


काठमाडौं । पुष ८ गते
आगामी पुस १० गते नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ।हालै सम्पन्न १४औं महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबार बस्ने तयारी भइरहेको छ ।

त्यसैगरी, शुक्रबार सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ।कांग्रेसको १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये महाधिवेशनबाट सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री तथा १३४ सदस्य निर्वाचित भएका छन्।

कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्ने व्यवस्था विधानमा छ। त्यसैगरी थप ३३ जना केन्द्रीय सदस्य पनि कार्यसमितिले मनोनित गर्ने व्यवस्था कांग्रेसको विधानमा छ।


More

View All

News

Health

Sports