×

Nepali Community

माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा हर्क नेम्वाङ ‘मिक्सो’ निर्वाचित


काठमाडौं । पुष ८ गते
बुधबार नेकपा (माओवादी केन्द्र) प्रदेश १ को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा हर्क नेम्वाङ ‘मिक्सो’ अध्यक्षमा निर्वाचित हुनु भएको छ । मिक्सो १६९ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनु भएको हो भने उहाँको निकटतम प्रतिद्वन्द्दी प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ प्राप्त गर्नु भएको थियो ।

अध्यक्षका लागि भएको निर्वाचनमा ७ मत बदर भएको थियो ।त्यस्तै माओवादी केन्द्र प्रदेश १ को तीन उपाध्यक्षका लागि भएको निर्वाचनमा मणिकुमार साम्पाङ १११ मत प्राप्त गर्दै विजयी हुनु भएको छ भने देवान चाम्लिङ १२० र शिवकुमार डाँगीले पनि ११३ मत ल्याउदै उपाध्यक्षमा विजयी हुनु भएको छ ।

सचिवका लागि भएको निर्वाचनमा गणेश उप्रेती ले १४८ प्राप्त गर्दै विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत प्राप्त गर्नु भएको थियो । ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० मतदाता थिए । जसमा २९ जनाले उम्मेदावरी दिएका थिए । त्यस्तै १९ जना मतदानमा सहभागी भएका थिएनन् ।


More

View All

News

Health

Sports