×

Nepali Community

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओमाथि रियल मड्रिड विजयी


काठमाडौं । पुष ८ गते
रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको विजयी भएको छ ।गएराती भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

रियललाई जिताउन करिम बेन्जेमाले दुवै गोल गरेका थिए भने एथ्लेटिकका लागि ओइहान सेन्सटले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानको रियलको १९ खेलबाट ४६ अंक भएको छ ।


More

View All

News

Health

Sports