×

Nepali Community

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुष ८ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुने योग रहेको छ भने सवारी साधनको खरिद बिक्री हुने तथा दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज पारिवारिक सद्भाव बढ्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै महिला वर्गबाट विशेष सहयोग मिल्ने तथा पुँजी बजारबाट लाभ हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मान सम्मान नपाइने योग रहेको छ भने घरमा अतिथिको आगमन हुनुका साथैछ । बोलीको भरमा कार्य सम्पादन हुने तथा कुटुम्बको सहयोग पनि मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मन सम्हाल्न आवश्यक हुने योग रहेको छ भने दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्ने तथा सौन्दर्यसामु धन खर्च हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जाने योग रहेको छ भने शुभ समाचार सुन्न पाइएला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने परिवारमा सुख सन्तोष छाउने तथा अधुरो काम बन्नुका साथै धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मन खिन्न हुने स्थिति आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला । शेयर बजारबाट पनि लाभ नहोला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता पनि मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज अरुलाई प्रभावित पारेर काम बन्नुका साथै चलाखीपूर्ण सङ्कल्प सिद्ध हुने तथा आयआर्जनका क्षेत्रमा सुधार आउने योग रहेको छ भने पठनपाठनमा प्रगति हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा प्रेमीको सहयोग प्राप्त हुनुका साथै छोटो यात्रा पनि हुन सक्छ ।


More

View All

News

Health

Sports