काठमाडौं । पुष ७ गते
मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । केही दिनदेखिको अत्यधिक वर्षासँगै आएको बाढीका मलेसियामा कारण ७० हजारभन्दा बढी स्थानीय विस्थापित भएका भने १४ जनाको मृत्यु भएको छ ।
बाढीले पूर्वीतटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक करिब सातवटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ ।उद्धारकर्ता, सहयोगदाता तथा सरकारी अधिकारीहरूले विस्थापितलाई सहयोग प्रदान गरेका छन् । मलेसियाको सैन्य टोली तथा उद्धारकर्ताहरूले बाढीपीडित, डुबानमा परेका तथा विस्थापितहरूलाई डुंगाबाट मंगलबार पनि खाद्य सामग्री वितरण गरेका थिए ।