×

Nepali Community

आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने छ –विश्वप्रकाश शर्मा


काठमाडौं । पुष ७ गते
आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माको भनाई छ । नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा धारणा राख्दै महामन्त्री शर्माले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गर्नु भएको थियो । महामन्त्री शर्माले आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रण गर्दै पार्टी प्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताउनु भएको छ ।

नेपालको संविधानले प्रेस स्वतन्त्रताका सम्बन्धमा प्रदत्त गरेका अधिकार कुण्ठित हुने कुनै पनि कानुन आउन नदिन अडिग रहेको बताउदै महामन्त्री शर्माले आफू र आफ्नो पार्टीले सदैव स्वतन्त्र मिडियाका पक्षमा रहेको स्पष्ट पार्नु भएको थियो । महामन्त्री शर्माले आफू पनि कुनै बेला मिडियाकर्मी भएको स्मरण गर्दै सदैव मिडियामैत्री भएर काम गर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

पार्टीको केन्द्रीय कार्यसमितिभन्दा बाहिर रहेका नेतृत्वपङ्तिको भावनालाई पनि समेटेर अघि बढने बताउँदै महामन्त्री शर्माले त्यसका लागि आफू र नेतृत्वले संयोजन गर्ने उल्लेख गर्नु भएको थियो । उहाँले मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधारका साथै सामाजिक रुपान्तरण पनि अपरिहार्य रहेको जिकिर गर्नु भएको थियो ।


More

View All

News

Health

Sports