×

Nepali Community

लोकतान्त्रिक प्रतिस्पर्धाका तीतामिठा क्षण बिर्सेर संगठन सुदृढीकरणमा ध्यान दिनुपर्छ –गुरु बराल


काठमाडौं । पुष ७ गते
आगामी निर्वाचनमा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिल गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले दावी गर्नु भएको छ । १४ औं महाधिवेशनबाट खुल्ला तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुग्नु भएका बरालले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसलाई जिताउनु नै आफ्नो लक्ष्य भएको बताउनु भएको छ ।

उहाँले कास्कीमा कांग्रेसको इतिहास र जनमत रहेको बताउनु भएको छ । विगतमा कांग्रेस पछाडि परेका कारण कास्कीपनि पछाडी परेको र अब कास्कीका सबै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा कांग्रेसले जित्नेगरी संगठन गर्ने बरालको भनाइृ छ ।

१४ औं महाधिवेशनले पार्टीभित्र नयाँ उत्साह सञ्चार गराएको बताउँदै बरालले लोकतान्त्रिक प्रतिस्पर्धाका तीतामिठा क्षण बिर्सेर संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताउनु भएको छ ।


More

View All

News

Health

Sports