×

Nepali Community

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुष ७ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनुका साथै धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने तथा शेयर बजारबाट लाभ मिल्नेछ ।

बृष
उ, ए, ओ, वा, वि, वु, वे, वो
आज चलाखीपूर्ण बोलीले काम सपन्न हुने योग रहेको छ भने आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने तथा काम गर्ने उत्साह र हौसला मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नुका साथै फ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा धर्म र कर्ममा मन लाग्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनुका साथै वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ने योग रहेको छ भने झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ र स्वास्थ्य तथा शृंगारमा धन खर्च हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने चिताएको कामले तीव्रता लिनुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा पारिवारिक सद्भाव बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । घुम्न पनि पाइनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा पनि सचेत हुनुपर्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग रहेको छ भने प्रेम सम्बन्ध प्रगाढ र सुदृढ बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने योग रहेको छ भने आम्दानी बढाउने काम सुचारु गर्न सकिने तथा सफल यात्राको योग पनि छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।


More

View All

News

Health

Sports