×

Nepali Community

संसद्‌मा आफ्नो उपस्थितिले पनि ओलीको सातो जाने गरेको माधव नेपालको जिकिर


काठमाडौं । पुष ६ गते
राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको नेकपा एसका अध्यक्ष माधव नेपालले बताउनु भएको छ । आज गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दे उहाँले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरकुंशता सामूहिक नभई एकल र निरकुंशता लाद्न थालेकाले पार्टीमै विद्रोह गरिएको बताउनु भएको छ ।

उहाँले ओलीको कब्जा र प्राइभेट कम्पनीको रुपमा एमाले रहेको आफ्नो पार्टीको पहिलो प्रतिद्वन्द्वी बन्न पुगेको बताउनु भएको छ । एमालेलाई आफ्‍नो पार्टीले पहिलो शत्रु घोषणा गरेकाले हामीले पनि मुख्य प्रतिद्वन्द्वी मानेको उहाँले बताउनु छ । उहाँले संविधानको सम्मान पनि ओलीले नगरेको बताउनु भएको छ ।

नेपालले आफूहरुलाई कारबाही गर्ने अधिकार ओलीलाई नभएको भन्दै संसद्‌मा आफ्नो उपस्थितिले पनि केपीको सातो जाने गरेको बताउनु भएको छ । सभामुख एक्लो नभएकाले आफ्नो काममा अघि बढ्न भन्दै उहाँले आफूहरुको सधैं साथ रहने बताउनु भएको छ ।


More

View All

News

Health

Sports