×

Nepali Community

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको गृहमन्त्री बालकृष्ण खाणको भनाई


काठमाडौं । पुष ६ गते

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको गृहमन्त्री बालकृष्ण खाणको भनाई छ । आज जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाणले एमसीसी सम्झौता पूर्ववर्ति सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनु भएको छ । उहाँले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको बताउनु भएको छ । गृहमन्त्री खाणले ‘एमसीसी पूर्ववर्ति सरकारहरुको पालामै अगाडि बढेको जिकिर गर्नु भएको छ ।

उहाँले नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएको जानकारी दिनु भएको छ ।गृहमन्त्री खाणले ‘नेपाल सरकार र एमसीसी परियोजनाको बीचमा धेरै वर्ष अगाडि नै सम्झौता भएकोर त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको जिकिर गर्नु भएको छ ।गृहमन्त्री खाणले एमसीसी परियोजना ऋणमा नभई निःशर्त अनुदान भएको स्पष्ट पार्नु भएको छ । उहाँले सरकारले नेपालको विद्युतिकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको बताउनु भएको छ ।


More

View All

News

Health

Sports