×

Nepali Community

सर्वोच्च अदालत परिसरमा आन्दोलनरत कानून व्यवसायीहरुद्वारा प्रदर्शन


काठमाडौं । पुष ६ गते

आज सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुले प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा गर्दै आएको प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनीहरुले नाराबाजी र कोणसभा गरे । तर यता सर्वोच्च प्रशासनले प्रदर्शनकारीहरुलाई अदालत परिसरमा नाराबाजी नगर्न र हाते माइक प्रयोग नगर्न दबाब दिएको छ ।बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूलाई प्रधानन्यायाधीशको निर्देशन भन्दै सर्वोच्च प्रशासनबाट फोन गरेर प्रदर्शन र नारावाजी नगर्न भनिएको जानकारी दिए ।

अदालतको दैनिक कामकारवाहीमा प्रभाव परेको र सेवाग्राहीहरुलाई सास्ती भएको भन्दै अदालत प्रशासनले नाराबाजी र हाते माइक प्रयोग नगर्न भनेको बताइएको छ ।


More

View All

News

Health

Sports