×

Nepali Community

प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै


काठमाडौं । पुष ६ गते
आज प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

 

समितिको बैठक बिहान साँढे ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा बस्ने बताइएको छ ।सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध जारी राखेको छ ।सरकारले संसद् सुचारु गर्नका लागि सर्वदलीय बैठक बोलाए पनि एमाले सहभागी भएन ।

 


More

View All

News

Health

Sports