×

Nepali Community

ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ –डब्लुएचओ


काठमाडौं । पुष ६ गते
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बिदाको समयमा फैलिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ ।

क्रिसमस तथा नयाँ वर्षको बिदा पारेर हुने यात्राका क्रममा ओमिक्रोनको संक्रमण फैलिन सक्ने भन्दै यात्राका केही योजनाहरु रद्द गर्न समेत डब्लुएचओले आग्रह गरेको छ ।

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले जीवन नै गुमाउने भन्दा केही कार्यक्रमहरु रद्द गर्नु उपयुक्त हुने जिकिर गरेका छन् ।डेल्टा भन्दा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको तथ्य रहेको उनले बताएका छन् ।


More

View All

News

Health

Sports