×

Nepali Community

कांग्रेस प्रदेश–२ अधिवेशनज मनोनयन दर्ता आज, बुधबार चुनाव


काठमाडौं । पुष ६ गते

आज नेपाली कांग्रेस प्रदेश–२ को अधिवेशनअन्तर्गत मनोयन दर्तासहितको कार्यक्रम छ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश–२ मा आज बाट हुने तालिका छ ।

सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश–२ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन । महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा दोहोर्‍याउँदै पदाधिकारीसहित केन्द्रीय कार्यसमिति सदस्यमा युवाको बाक्लो उपस्थिति गराइसक्दा प्रदेश–२ मा भने बल्ल अधिवेशनको तयारी गरिएको हो ।

आज प्रदेश महाधिवेशनअन्तर्गत जनकपुरमा मतदाताको नामावली, उम्मेदवारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशनलगायतको कार्यक्रम छ भने बुधबार मतदानको कार्यक्रम छ ।


More

View All

News

Health

Sports