×

Nepali Community

सरल सहयात्री पौडेल माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्ष चयन


काठमाडौं । पुष ६ गते
सरल सहयात्री पौडेल माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा विजयी हुनुभएको छ ।वाग्मती प्रदेशको नेतृत्व चयन गर्न मंगलबार मतदान भएको थियो । सार्वजनिक मतपरिणाम अनुसार पौडेलले अर्का प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गर्नुभयो ।दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयो ।

यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्ष सङ्गीता भट्टराई विजयी हुनुभएको छ । बुर्लाकोटीले ११५, लामिछानेले १०९ र श्रेष्ठले १०८ मत प्राप्त गरेको केन्द्रको निर्वाचन समितिले जनाएको छ ।कोषाध्यक्ष भट्टराईले १५३ मत प्राप्त गर्नुभएको छ ।

माओवादी केन्द्रले यही पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।वाग्मती प्रदेशको उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुङ्गाना र प्रेम बहादुर पुलामी विजयी हुनुभएको छ । महर्जनले १७८, ढुङ्गानाले १०१ र पुलामीले १३८ मत प्राप्त गर्नुभयो । यसैगरी सचिवमा काभ्रेका इन्द्रबहादुर थिङले १४९ मत ल्याउनुभयो ।


More

View All

News

Health

Sports