×

Nepali Community

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुष ६ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग मिल्नुका साथै स्वादिष्ट भोजन पनि पाइनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आँटेको र ताकेको कार्य पुरा हुनुका साथै टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने भने प्रेममा मधुरता छाउनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज चलाखीपूर्ण बोलीले काम बन्ने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्ने तथा कीर्तिमानी काम गर्ने समय छ भने बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज सामान हराउने वा चोरी हुने योग रहेको छ भने आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा शेयर बजारले पनि साथ नदेला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने योग रहेको छ भने घरमा अतिथिको आगमन हुने तथा पुरानो समस्या सुल्झाउन सकिनुका साथै सन्तान सुख पनि मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ कामको थालनी हुने योग रहेको छ भने काम गर्ने जोस जाँगर र उमङ्ग बढ्ने तथा चिताएको कामले तीव्रता लिनुका साथै वैदेशिक कार्य विस्तारै अघि बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मनमा उत्साहका साथै बोली बिक्ने योग रहेको छ भन साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने तथा शुभकार्यको चर्चा चल्नुका साथै नयाँ जिम्मेवारी पाइएला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । दैनिक कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति समेत हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज कार्यसिद्धि हुने अवसर मिल्ने योग रहेको छ भने विद्या र बुद्धिको विकास हुने तथा नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ला भने कृषि कार्यमा पनि सफलता पाइनेछ ।


More

View All

News

Health

Sports