×

Nepali Community

देशको उच्च पहाडी तथा हिमाली भू–भाग हिमपातको सम्भावना


काठमाडौं । पुष ५ गते

हाल देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश–१, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा भने हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

तराईमा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले अनुरोध पनि गरेका छन् ।

 


More

View All

News

Health

Sports