×

Nepali Community

कांग्रेसको महाधिवेशनमा सबैभन्दा बढी भोट डा शशांक कोइरालालेले पाए, दोस्रोमा गगन र देउवा तेस्रो


काठमाडौं । पुष ५ गते
डा. शशांक कोइरालाले नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सबैभन्दा बढी मत प्राएत गर्नु भएको छ ।यसघि कांग्रेसमा महामन्त्री रहनु भएका कोइराला यसपटक सर्वाधिक ३ हजार ८३६ मतका साथ केन्द्रीय सदस्यमा विजयी हुनु भएको छ । कोइराला पछि दोस्रोमा सबैभन्दा बढी मत गगन थापाले ल्याउनु भएको छ । उहाँले महामन्त्री पदमा निर्वाचित ३ हजार ०२३ मत प्राप्त गनु भएको छ भने तेस्रोमा सबैभन्दा बढी मत प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पाउनु भएको छ ।

अघिल्लो सोमबार भएको पहिलो चुनावमा सभापतिका पाँच उम्मेदवार देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ, कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मंगलबार भएको मतदानमा २७३३ मतका साथ देउवा सभापतिमा विजयी भएका हुन्। यो मत १४औं महाधिवेशनमा तेस्रो सर्वाधिक मत हो।उपसभापतितर्फ सबैभन्दा बढी २१२१ मत पूर्णबहादुर खड्काले पाए भने आठ जना सहमहामन्त्रीमा सबैभन्दा बढी २७७६ मत फरमुल्लाह मन्सुरले पाएका छन्।


More

View All

News

Health

Sports