काठमाडौं । पुष ४ गते
उमेर पुगेका तर नागिरकता नपाएका व्यक्तिलाई पनि मतदाता नामावलीमा समावेश गरी निर्वाचन प्रक्रियामा भाग लिन पाउने अधिकार दिन माग जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले गर्नु भएको छ । आज बिहान सामाजिक सञ्जालमार्फत उहाँले हाल निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली संकलन क्रममा नागरिकता नपाएकाहरूलाई नसेमेटको भन्दै तीव्र असन्तुष्टि जनाउनु भएको हो ।
निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै अध्यक्ष यादवले नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु फरक विषय भएको दाबी गर्नु भएको छ । उहाँले नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने जिकिर गर्नु भएको छ ।