×

Nepali Community

नेपाली काँग्रेसमा रुपान्तरणको आधार नदेखेको एमालेका नेता गोकुल बाँस्कोटाको तर्क


काठमाडौं । पुष ४ गते
नेपाली काँग्रेसमा रुपान्तरणको आधार नदेखेको एमालेका नेता गोकुल बाँस्कोटाले बताउनु भएको छ । आज समाजिक सञ्जाल मार्फत बाँस्कोटाले यस्तो बताउनु भएको छ ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन सकिएको छ ।सभापतिमा शेरबहादुर देउवा विजयी भएका थिए । त्यस्तै महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

उहाँले समाजिक सञ्जालमा देख्नु भएको छ ,कांग्रेसको परिणाम आउदै गर्दा केही मान्छे अब कांग्रेसमा उधुम नै हुन्छ भन्ठान्दा रहेछन।तर मैले चै नीतीगत परिवर्तन हुने गरी कुनै गुणात्मक रुपान्तरणको आधार देखेको छैन।जितीसकेका र जित्दै गरेकालाई एकमुष्ठ बधाई।’


More

View All

News

Health

Sports