काठमाडौं । पुष ४ गते
उधौली र योमरी पुन्हिको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनु भएको छ । आज विहान शुभकामना सन्देश जारी गर्दै किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति भएकाले यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता भएको शुभकामना सन्देशमा भनिएको छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको उहाँको भनाइ छ । प्रचण्डले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुने र समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती भएको जिकिर गर्नु भएको छ । उहाँले मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको बताउनु भएको छ ।