×

Nepali Community

देशभरका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप आजदेखि दिइँदै


काठमाडौं । पुष ४ गते
देशभरका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप आजदेखि दिइँदै छ ।कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ ।

केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन आवश्यक नभएको मन्त्रालयको भनाइ छ ।विश्व स्वास्थ्य सङ्गठनले नै अनुमति दिएकाले खोपमा आशङ्का नगर्न मन्त्रालयको आग्रह छ । अधिधावकको अनुमति पर्खदा खोप अभियानमा असर पर्न सक्ने र विद्यार्थी छुट्न सक्ने सम्भावना रहेकाले तोकिएको उमेर पुगेका सबै विद्यार्थीलाई खोप दिन मन्त्रालयको आग्रह छ ।


More

View All

News

Health

Sports