×

Nepali Community

आज भूमिलाई सम्झँदै किराँत समुदायको उधौली पर्वमनाइँदै


काठमाडौं । पुष ४ गते
आज मंसिर शीर्ष शुक्ल पूर्णिमा हो। आज भूमिलाई सम्झँदै किराँत  समुदायले उधौली पर्व मनाउँदै छन् ।यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमिस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।

प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रुपमा मान्ने किराँत समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा छ ।किराँत समुदायका राई, लिम्बु, सुनुवार र याक्खाले यो पर्व मनाउँछन् ।

वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गइ उभौली पर्व मनाएको किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । पूजापछि साकेला नाचिन्छ ।उहाँले उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको बताउनु भएको छ ।


More

View All

News

Health

Sports