काठमाडौं । पुष ४ गते
बार्यन म्युनिखले जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगितामा सानदार जित निकालेको छ । लिगको १७औं साताको खेलमा बार्यनले उल्भ्सवर्माथि ४–० को एकपक्षीय जित निकालेको हो । बार्यनलाई आफ्नो घरेलु मैदानमा जिताउन चार जना खेलाडीले एक–एक गोल गरे । खेलको सातौं मिनेटमा बार्यनले थोमस मुलरको गोलबाट अग्रता लिएको थियो ।
त्यसपछि ५७औं मिनेटमा डायोटले गोल गरेर खेल २–० बनाउँदा त्यसको २ मिनेटमै बार्यनका लागि लिरोए सानेले गोल गरेर बार्यनलाई ठूलो जिततर्फ अघि बढाएका थिए ।यो जितसँगै बार्यनले बुन्डेसलिगामा १७ खेलबाट कुल ४३ अंक जोडेको छ । बार्यनसँग पराजित उल्भ्सवर्गको २० अंक रहेको छ ।