×

Nepali Community

सिइओ धनञ्जय रेग्मीको विषयमा छानबिन गर्न नेपाल पर्यटन बोर्डद्वारा उपसमिति गठन


काठमाडौं । पुष ३ गते
प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीको विषयमा छानबिन गर्न नेपाल पर्यटन बोर्डले उपसमिति गठन भएको छ।पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले सिइओ रेग्मीमाथि छानबिन गर्न उपसमिति गठन गर्दै रेग्मीलाई निलम्बन गरेको हो।बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ।

तीन सदस्यीय समितिमा दुई जना मन्त्रालयबाट सिफारिस भएका व्यक्ति हुनेछन् । रेग्मीले विदेशबाट फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई दुर्व्यवहार गरेको र बोर्डको हितविपरीत काम गरेको गुनासो आएपछि छानबिन गर्न सञ्चालक समितिले समिति बनाएको हो।


More

View All

News

Health

Sports