×

Nepali Community

सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको छ –ज्ञानेन्द्रबहादुर कार्की


काठमाडौं । पुष ३ गते
सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ । लिभिङ विथ आईसीटीले शुक्रवार साँझ आयोजना गरेको आईसीटी अवार्ड २०२१ समारोहलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिको विकास विना मुलुकको विकास गर्न नसकिने बताउनु भएको हो ।

उहाँले सरोकारवालासँग सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि छलफल गर्न मन्त्रालय तयार रहेको समेत बताउनु भएको छ । आईसीटी अवार्डले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन र प्रतिभा प्रस्फुटनमा मद्दत पुर्‍याउने मन्त्री कार्कीको भनाई छ । उहाँले सूचना प्रविधिको सही प्रयोग गर्नु अहिलेको चुनौती रहेको भन्दै सबैले मिलेर सूचना प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने धारणा राख्नु भएको छ ।


More

View All

News

Health

Sports