×

Nepali Community

कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी


काठमाडौं । पुष ३ गते
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी छ । आज केन्द्रीय सदस्य खुलातर्फको मतगणना गर्न सुरु गरिएको छ । बिहान १० बजेबाट मतगणना सुरु गर्ने भनिए पनि साढे ११ बजेबाट मतगणना सुरु भएको समितिले जनाएको छ । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

३५ सदस्यका लागि ९९ जना प्रतिष्पर्धामा छन् ।पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ । कांग्रेसको नयाँ नेतृत्वमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका छन् ।


More

View All

News

Health

Sports