×

Nepali Community

आफ्नो जितलाई कांग्रेसभित्रको रुपान्तरण प्रक्रियाको रुपमा लिएको नवनिर्वाचित उपसभापति गुरुङको भनाई


काठमाडौं । पुष १ गते
आफ्नो जितलाई कांग्रेसभित्रको रुपान्तरण प्रक्रियाको रुपमा लिएको नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले बताउनु भएको छ । जितपछि पहिलो पटक सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफूले अग्रजसँग प्रतिष्पर्धा गरेको हुँदा अग्रजप्रति सम्मान गर्दै युवाप्रति जिम्मेवारी आएको महसुस गरेको बताउनु भएको छ ।

१४औं महाधिवेशनबाट मिश्रित परिणाम आएको हुँदा यसले पार्टीलाई एक बनाउने र अन्य पदमा पनि परिणाम मिश्रित नै आउने उहाँको विश्वास छ । उहाँले अब कांग्रेस पुराना नेतृत्वको अनुभव र नयाँको ऊर्जाले चलाउने समय आएको बताउनु भएको छ । अब नेपाली कांग्रेस विगतमा जस्तो ४०–६० को भागभन्दामा नचल्नेसमेत उहाँको दाबी छ ।


More

View All

News

Health

Sports