×

Nepali Community

वैदेशिक रोजगारीका चुनौती समाधान गर्न सकिने श्रममन्त्री कृष्णकुमार श्रेष्ठको भनाई


काठमाडौं । पुष १ गते
वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चेतावनी दिनु भउको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट बुधबार अपराह्न ज्ञापनपत्र लिएपछि उहाँले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताउनु भएको छ ।

मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि राज्यले कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने दृढता व्यक्त गर्दै वैदेशिक रोजगारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको जानकारी गराउनु भएको छ । उहाँले वैदेशिक रोगजारीमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नु भएको छ ।

उहाँले मन्त्रालयका सचिव एकनारायण अर्यालले सरोकारवाला सबै पक्षको संयुक्त पहलबाट वैदेशिक रोजगारीका चुनौती समाधान गर्न सकिने बताउनु भएको छ । सचिव अर्यालले वैदेशिक रोजगारीका क्रममा हुने विकृति, विसङ्गति र गैरकानूनी कामहरुलाई नियन्त्रण गर्न वैदेशिक रोजगार प्रहरी गठन गर्ने योजना रहेको उहाँको भनाई छ ।

 


More

View All

News

Health

Sports