काठमाडौं । पुष १ गते
आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ। आज आयोगले एक सूचना प्रकाशित गर्दै निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनेको छ।राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २०मा सकिँदै छ ।
रिक्त हुने पदमा एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।चार वर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशीकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन्।नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ कार्यकाल समाप्त हुनेछ।