×

Nepali Community

यस्ता गुण भएका पुरुषमा महिलालाई छिटै आफु तिर आर्कषित गर्न सक्ने क्षमता हुन्छ


काठमाडौं । पुष १ गते
हरेक महिलालाई आफ्नो श्रीमानमा राम्रा गुणहरु खोजछन् । सबै महिलाहरुले आफूले चाहे जस्तै पुरुष नभेटेपनि पुरुषमा यस्ता केहि गुण हुनै पर्छ जसले उनीहरुलाई आकर्षित गर्छ । भनिन्छ हरेक महिलाले आफ्नो जीवन साथीको कल्पना गरेका हुन्छन् । पुरुषमा उनीहरुले त्यस्ता धेरै गुणहरु खोज्छन् जसमा पुर्णता होस् । सबै महिलाहरुले आफूले चाहे जस्तै पुरुष नभेटेपनि पुरुषमा यस्ता केहि गुण हुनै पर्छ जसले उनीहरुलाई आकर्षित गर्छ ।

हरेक महिलाहरु आफ्नो पुरुष साथीले उनीहरुलाई आदर र इज्जत गरोस् भन्ने चाहन्छ । हेपेर बोल्ने कुरा काट्ने तथा महिलाको इज्जत नगर्ने पुरुषहरुलाई उनीहरु मन पराउँदैनन् ।

म तिमीलाई धेरै माया गर्छु भनेर मात्रै हुँदैन । व्यावहारिक रुपबाटै महिलाहरु कोमल हुने भएकोले पुरुषहरुबाट बढी मायाको अपेक्षा गर्दछ । साँचो माया साना साना कुराहरु बाँडेर दैनिक रुपबाट गरिन्छ । जस्तै स् उनलाई सहायता गर्नु , उनीसँगै बसेर चिया पिउनु, कस्तो छौ भनेर सोध्नु, जन्मदिनको उपहार दिनु, उनीसँगै घुम्न जानु आदि । यस्ता कुराहरुले महिलाहरुलाई धेरै खुसि दिन्छ । पुरुषको वास्ता र फिक्रिले महिलाहरुको जोस र उमङ्ग बढ्छ ।

महिलाहरुले आफ्नो पुरुष साथीप्रति चाहना राख्ने अर्को गुण उनीहरुलाई सुरक्षा दिन सक्नु पनि हो । हरेक महिलाहरु आफ्नो पुरुषबाट जुनसुकै अवस्थामा पनि आफू सुरक्षित छुँ भन्ने महसुस गर्न चाहन्छन् । व्यक्तिगत तथा सामाजिक दुवै रुपबाट पुरुषले महिलालाई सुरक्षा दिन सक्नुपर्छ । कुनै पुरुषबाट आफू असुरक्षित छुँ भन्ने लागेमा महिलाहरु त्यस्ता पुरुषको नजिक बस्न चाहदैन ।

हरेक मानिसको जीवनमा कोहि न कोहि रोल मोडेल हुने गर्छ । प्राय सबै महिलाहरु आफ्नो पुरुषमा त्यहि रोल मोडेल खोज्छन् । कुनै फिल्मि अभिनेता, ठूलो उध्योगपति वा खेलाडि आदि । तपाईले प्रशस्त कमाई गर्नै पर्छ भन्ने होइन तर उनले तपाईमा खुसिसाथ राख्न सक्छ भन्ने कुरा देख्नु पर्छ ।

धैर्यवाण पुरुषलाई महिलाहरु बढी मन पराउँछन् । सम्भोगको बेलामा मात्र होइन कि हरेक समयमा पुरुषहरुमा धैर्यता हुनु पर्छ । साना साना कुरामा आत्तिने, चिन्ता गर्ने, एउटै कुरालाई सोचेर बसिराख्ने पुरुष महिलाहरुले रुचाउँदैनन् ।

विश्वास योग्य वा भरोसा गर्न लायक व्यक्ति भेटिन गार्‍हो भए पनि महिलाहरु यस्तै पुरुषको खोजिमा हुन्छन् । झुठा बोल्ने, आफ्नो स्वार्थको लागि मात्र कुरा गर्ने पुरुषहरु महिलाको रोजाईमा पर्दैनन् ।

घमण्डी तथा रिसाहा पुरुष महिलाहरुलाई मन पर्दैन । गम्भिर, नम्र र शान्त स्वभावका पुरुषहरु धेरै महिलाहरुले रुचाउँछन् । गफिएर बस्ने, हल्ला गर्ने तथा ठट्टा गर्ने पुरुषहरुलाई महिलाहरु क्षणिक रुपमा मन पराए पनि लामो समयको लागि उनीहरुलाई मन पर्दैन । साथै पुरुषहरु नम्र भएको पनि मन पराउँछन् ।

जथाभावि लुगा लगाउने अथवा भद्द भएर दिँड्ने पुरुषलाई पनि महिलाहरु मन पराउँदैनन् । सफा र आफूलाई सुहाउँदो लुगा लगाउने पुरुषहरु हरेक महिलाहरुलाई आकर्षक बन्छन् ।

यदि पुरुषमा महत्वकांक्षा, केहि गर्ने जोस जाँगर र चाहना छैन भने त्यस्ता पुरुषलाई महिला मन पराउँदैनन् । हरेक महिलाले आफ्नो पुरुषमा साहस, केहि गर्ने ईच्छा, जोस र जाँगर चाहन्छन् । भविष्यको योजना बनाउने, त्यसमा महिलालाई सहभागि गराउने र उनको भूमिकालाई बताउने पुरुष महिलाहरुको रोजाईमा पर्छ । काल्पनिक नै किन नहोस् भविष्यका योजनाहरुले महिलाहरुलाई अत्यधिक खुसि दिन्छ र आश्चर्य चकित बनाउँछ ।

तपाई पनि आफूमा परिवर्तन ल्याउनुहोस्, यी गुणहरु छैन भने ल्याउने कोशिस गर्नुहोस् निश्चय तपाई पनि महिलाको रोजाईमा पर्नु हुने छ । महिलाहरु साना साना कुराले खुसि बनाउँछ त्यसैले उनलाई साना साना कुराले नै खुसि दिनुहोस् ।


More

View All

News

Health

Sports