×

Nepali Community

हेनुहोस् आजको राशिफल


काठमाडौं । पुष १ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज स्वादिष्ट भोजन पाइने योग रहेको छ भने नयाँ कार्यको योजना बन्ने तथा वित्तिय संस्थाबाट सहयोग मिल्नुका साथै नयाँ कार्यको योजना पनि बन्ला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज घरायसी समस्या बढ्ने तथा सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिने योग रहेको छ भने मित्रहरूले दिएको वचन फेर्न सक्छन् ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज रोकिएका अधुरा कामहरू पुरा हुने तथा न्यायिक कार्यमा सफलता मिल्नुका साथै धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज समाजसेवामा र राजनैतिक कार्यमा सफलता मिल्ने योग रहेको छ भने साहित्यिक क्षेत्रमा रुचि बढ्ने तथा आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज प्रतिष्ठित काम गरेर अवसर हात पर्नुका साथै चलाखीपूर्ण बलीले काम बन्ने तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आर्थिक कारोबारमा मन्दी आउने योग रहेको छ भने प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्ने तथा मानसिक चिन्ता पनि बढ्न सक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आफन्तले सहयोग गर्नेछन् । नयाँ कार्यको योजना बन्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
ाज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज बौद्धिक काममा सफलता मिल्ने योग रहेको छ भन कला र गलाको प्रभाव बढ्नेछ । मनमा शान्ति छाउनेछ र आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज पुरानो र आस मारेको काम बन्ने योग रहेको छ भने दाम्पत्य जीवन सुखमय हुने तथा अचल सम्पत्ति हात पर्ने योग छ र सन्तान सुख पनि मिल्नेछ ।


More

View All

News

Health

Sports