×

Nepali Community

ओमिक्रोनको संक्रमण विश्वका अधिकांश देशमा फैलिइसकेको हुन सक्ने डब्लुएचओको चेतावनी


काठमाडौं । मंसिर २९ गते
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका अधिकांश देशमा फैलिइसकेको हुन सक्ने विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले चेतावनी दिएको छ ।अहिलेसम्म ओमिक्रोनको संक्रमण औपचारिक रुपमा ७७ देशमा पुष्टि भएको छ ।

तर डब्लुएचओका प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने बताएका हुन् ।ओमिक्रोनलाई लिएर जति चनाखो वा सचेत हुनु पर्ने हो त्यति नभएको भन्दा उनले चासो र चिन्ता व्यक्त गरेका छन् ।

नोभेम्बरको अन्तिम हप्ता ओमिक्रोन भेरियन्ट पहिलोपटक दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । त्यहाँका राष्ट्रपति सिरिल सामाफोसासहितलाई संक्रमण भएको छ ।


More

View All

News

Health

Sports