×

Nepali Community

हाइटीमा तेल ट्यांकरमा बिस्फोट हुँदा ६० जना भन्दा बढीको मृत्यु


काठमाडौं । मंसिर २९ गते
तेल ट्यांकरमा बिस्फोट हुँदा हाइटीमा ६० जना भन्दा बढीको ज्यान गएको छ।तेल ट्यांकर दुर्घटनामा परेको केहीबेरपछि बिस्फोट भएको स्थानीय सञ्चारमाध्यम तथा स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा परेको ट्यांकरबाट चुहिएको तेल स्थानीयले थापिरहेका बेला बिस्फोट भएको हो। स्थानीय अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । प्रधानमन्त्री एरिएल हेनरीले तीन दिनको शोक घोषणा गरेका छन् ।


More

View All

News

Health

Sports