काठमाडौं । मंसिर २९ गते
मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ ।महिनौँदेखि तरलता अभावका कारण बैंँकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई प्राथमिकता दिइरहेका समयमा उहाँले सरकारका कानूनले वित्तीय बजारमा समस्या परेको हो भने त्यसको समाधान गरिने विश्वास दिलाउनुभयो ।
अर्थमन्त्री शर्माले विस्तारै आर्थिक क्षेत्र चलायमान हुँदै गएको स्मरण गर्दै यस क्षेत्रमा अझै ठुलो प्रभाव पर्नसक्ने अबस्थालाई समेत मध्यनजर गरी मुलुकको अर्थतन्त्र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले श्रोत र श्रमसमेतलाई ध्यानमा राखेर अर्थतन्त्रलाई एउटा लयमा पुर्याउनुपर्छ भन्नुभयो ।
उहाँले आफ्नो आवश्यकता, क्षमता र सम्भव प्रतिष्पर्धात्मक क्षेत्रको पहिचान गरी लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले व्यापार घाटाको समस्या कायमै रहेको जानकारी दिनुभयो । उहाँले बैँक÷वित्तीय संस्थाले चालु चार महिनामा मै बार्षिक लक्ष्यको ४९ प्रतिशत लगानी (८७ अर्ब कर्जा विस्तार) गरिसकेको जानकारी दिनुभयो ।