×

Nepali Community

नेपालमा अस्थिरताको संवाहक दाहालसँगै माधव नेपाल पनि भएको ओलीको आरोप


काठमाडौं । मंसिर २९ गते
माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले संघीन आरोप लगाउनु भएको छ ।आज एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउँदै ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष दाहालको साँठगाँठमा माघ–१९ को कदम चालिएको आरोप लगाउनु भएको छ।

२०६१ साल माघ १९ मा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका थिए ।सोही सहमतिपछि ज्ञानेन्द्रले माओवादीको कुनै अवरोध नै नझेलेको र अभिनन्दन कार्यक्रम नै चलाएको तर राजनीतिक दलहरू भने रुकुम, रोल्पालगायतका जिल्ला जान नपाएको उहाँले दाबी पनि गर्नु भएको छ । नेपालमा अस्थिरताको संवाहक दाहालसँगै माधव नेपाल पनि भएको ओलीको आरोप छ । ‘


More

View All

News

Health

Sports