काठमाडौं । मंसिर २३ गते
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ । सरकारले उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएकाले ७ प्रतिशत हासिल गर्न समस्या नहुने अर्थमन्त्री शर्माले बताउनु भएको छ ।
आज भएको प्रतिनिधि सभाको अर्थ समिति बैठकमा अर्थमन्त्री शर्माले कोभिड महामारीले थिलथिलो बनाएको अर्थतन्त्रलाई वातावरणीय प्रभावले पनि असर पुर्याएको बताउनु भएको छ । उहाँले गत वर्ष मुद्रास्फिति ६.५ प्रतिशत रहेकोमा हाल ४.२ पुगेको .जानकारी दिनु भएको छ । हाल बैंकिङ क्षेत्रमा १६ अर्ब तरलता रहेको पनि उहाँनले बताउनु भएको छ ।
चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइनसकेको बताउनु भयो । यसमा पूँजीगत खर्च नहुनु समस्या भएको उहाँको भनाइ छ।