काठमाडौं । मंसिर २३ गते
आज बिहान ११ः०५ बजे जापानको कागोशिमा प्रान्तमा ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
यसको केन्द्रविन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९.४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन ।